काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको होटेल ड्र्यानडलियनमा छुट पाउने भएका छन् । बैंक र होटलबीच सम्झौता भएसँगै ग्राहकले उक्त होटलमा छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट , रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।