काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।
आज सबैभन्दा धेरै विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । साहास उर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।