काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विभागको स्थापना गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्नका लागि छुट्टै विभागको स्थापना गरेको हो ।
यो विभाग फागुन एक गतेदेखि कार्यान्वयनमा आउने छ । विभागको नाम ‘गैर बैंक वित्तीय संस्था सुरपिवेक्षण विभाग रहने राष्ट्र बैंकले जनाएको हो । केहि दिन अगाडी राष्ट्र बैंकले एचआइडिसिएललाई पनि आफ्नो नियमनको क्षेत्राधिकार भित्र ल्याएको थियो ।