Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको गिरावट, साढे ८ अर्बमाथिको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २,८७६ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज हाइड्रोपावर कम्पनी र निर्जीवन बीमा उपसूचक बाहेक सबै घटेका छन् ।

आज २२४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ८२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ५५७ रुपैयाँ कायम भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । साहास उर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS