काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७७.३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । संस्थाले यस अवधिमा १३ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
खुद व्याज आम्दानीमा पनि ३५.७० प्रतिशतले सुधार भएको छ । संस्थाले यस्तो आम्दानी ३३ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा संस्थाले ४ अर्ब ९२ करोड रुपैयाँ बरोइङ तथा २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
मुनाफामा सुधार सँगै संस्थाको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६३ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।