Connect IPS
IME Life

बलेफी हाइड्रोपावरको आइपिओ माघ २७ गतेदेखि निष्काशन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि यहि माघ २७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका तोकिएका गाउँपालिकाका स्थानीयबासीहरुको लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर बिक्री गर्ने भएको हो ।

यदि प्रभावित क्षेत्रका लागि छुट्टाइएको शेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारण तथा सामुहिक लगानीकोषलाई बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा फागुन १२ गतेसम्म बिक्री खुला गर्नेछ । यदि यस अवधिमा माग गरिए बराबरको लागि आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म बिक्री खुला गर्नेछ । यस पछि मात्रै कम्पनीले आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ ।

Prabhu
Crest

प्रभावित वासिन्दाले न्युन्तम १० कित्तादेखि अधिकत एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणका लागि पनि १८ लाख २७ हजार ९७० कित्ता नै बिक्री गर्नेछ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलामा ३६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । कुल लागत भने ७ अर्ब ६५ करोड रुपैयाँ लाग्ने पुर्वानुमान छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS