Connect IPS
IME Life

एमसिसी पास गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले हाइड्रोपावरको शेयरमा उछाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसिसी पारित गर्ने अभिव्यक्ति दिए सँगै जलविद्युत कम्पनीको शेयरमा उछाल आएको छ । विगत लामो समयदेखि जलविद्युत कम्पनीको शेयरमा भारि गिरावट देखिएको थियो । विद्युत नियमन आयोगले कतिपय जलविद्युत कम्पनीको हकप्रद शेयर निष्काशन प्रकृयाँलाई अगाडी नबढाउदा समग्र हाइड्रोपावरकै शेयर मूल्यमा गिरावट आएको थियो ।

Prabhu
Crest

तर जलविद्युतको प्रसारण लाइन लगायतका पुर्वाधारका आयोजना बनाउने एमसिसि पारित हुने चर्चा सँगै हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उछाल आएको हो । उक्त परियोजना सफल भएका खण्डमा नेपालको जलविद्युत भारत लगायतका अन्य देशमा बिक्री गर्ने बाटो खुला हुने हुँदा उनिहरुको नाफा सुनिश्चित हुनेछ ।

नेपाललाई पुग्ने जलविद्युत उत्पादन गर्ने हाइड्रोपावर कम्पनीको स्थापना भएको भन्दै नेपाल विद्युत प्राधिकरणले पिपिए गर्न बन्द गरिसकेको छ । यदि एमसिसी पारित भएका खण्डमा विद्युत निकासी गर्न सजिलो पर्ने र नेपाल विद्युत प्राधिकरणले पुनः पिपिए गर्न सक्नेछ ।

यहि कारणले मंगलबार जलविद्युतको सूचक ३.२२ प्रतिशतले बढेको छ । अधिकाम्स जलविद्युतको शेयर मूल्यमा उच्च अंकले सुधार भएको छ । सर्वाधिक धेरै बढेका १० कम्पनी मध्ये ८ वटा जलविद्युत कम्पनी छन् । त्यस्तै सर्वाधिक कारोबार हुनेमा पनि जलविद्युत कम्पनी नै छन् । लगानीकर्ताले अन्य कम्पनीहरु बिक्री गरेर जलविद्युत कम्पनीको शेयर उठाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS