काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्ष ७८र७९ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३६ दशमलव ६८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा संस्थाले २ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ९९ लाख रहेको छ । कम्पनीको संचालन मुनाफा भने २ करोड १४ लाख रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ६३ करोड ९७ लाख सापटी लिएर ४२ करोड २८ लाख निक्षप संकलन गरेको छ । त्यस्तै कम्पनीले १ अर्ब २२ करोड लार्ज प्रवाह गरेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४९ पैयाँ २६ पैसा, प्रति शेयर नेटवर्थ १८५ पैयाँ ३६ पैसा रहेको छ ।