Connect IPS
IME Life

अरुण काबेली पावरले कमायो २० करोड २ लाख रुपैयाँ खुद मुनाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० करोड २ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६३ प्रतिशतले नाफा बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख ४१ हजार रूपैयाँ रहेको छ ।

Prabhu
Crest

यस त्रैमासमा कम्पनीले बिजुली बेचेर ४५ करोड ६१ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६ करोड रूपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १११ रुपैयाँ १२ पैसा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS