Connect IPS
IME Life

फरवार्ड माइक्रोफाइनान्सको नाफा १०३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४८ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०३ दशमलव ५८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ५० लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७१ करोड ९० लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २२ दशमलव ७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी ६० करोड १५ लाख ६४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि १०० दशमलव २८ प्रतिशतले बढेर ७० करोड ८२ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३५ करोड ३५ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

संस्थाको प्रतिशेयर आम्दानी १४६ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS