काठमाडौं । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको अंकित दरमा ११ लाख ५८ हजार ९८० कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त संझौतापत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरी दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ । यसको पनि प्राथमिक शेयर निष्कान गर्ने योजना रहेको छ ।