काठमाडौं । एभरेष्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गतेदेखि २ अर्ब रुपैयाँको ‘एरेष्ट बैंक ऋणपत्र लिमिटेड, २०८६’ को निष्काशन तथा बिक्री खुला गरेको थियो । ८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ दशमलव ५ प्रतिशत व्याजदर तोकिएको छ ।
निष्काशन गर्न लागिएको २ अर्ब मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ व्यक्तिगत तबरले बिक्री गर्नेछ भने बाँकी रहेको ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्टाएको छ । ८० करोड रुपैयाँ मध्ये ५ प्रतिशत ४ करोड रुपैयाँ सामुहिक लगानी कोषका लागि छुट्टाएको छ । बाँकी रहेको ७६ करोड रुपैयाँ आम सर्वसाधारणका लागि खुला गरिएको छ ।
केयर रेटिङ नेपालका अनुसार उक्त ऋणपत्रको रेटिङ न्युन कर्जा जोखिम जनाउने ‘केयरएनपि डलब ए माइनस’ रहेको छ । लगानीकर्ताले प्रति ऋणपत्र १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।