Connect IPS
IME Life

५०% ले बढ्यो महिला लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी ११० रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ५० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ६० दशमलव४० प्रतिशतले बढेको छ । यस अवधिमा संस्थाले १४ करोड ४९ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा घटेको छ । यस अवधिमा संस्थाले ३ करोड ८१ लाख २ हजार रूपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले ६ करोड ५२ लाख १७ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो ।

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा रहेको छ । यस अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS