Connect IPS
IME Life

रू रू जलविद्युतको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले असोज १६ गते पारित गरेको १० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले माघ ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनस शेयर असोज ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराउने सदस्यहरुको पनि हितग्राही खातामै बोनश शेयर जम्मा गरिने कम्पनीले जनाको छ ।

Prabhu
Crest

हालसम्म शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो बोनश शेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को लागि १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS