काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१ दशमलव ८९ प्रतिशतले कमी हो । लघुवित्तले गत आर्थिक वर्षको यहि अवधिमा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ३४ लाख रुपैयाँ संञ्चित छ ।
समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२५ दशमलव ५७ प्रतिशत बढेको भएपनि संञ्चालन मुनाफा भने ३४ दशमलव ३६ प्रतिशतले घटेको हो ।
समिक्षा अवधिमा लघुवित्तले एक अर्ब २५ करोड ७० लाख रुपैयाँ सापटी र ५९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड ९१ लख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ ।