काठमाडौं । रिभर फल्स पावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी २८ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।