Connect IPS
IME Life

सेन्ट्रल फाइनान्स कम्पनीको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५० लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० दशमलव ३४ प्रतिशतले कमी हो। कम्पनीले गत वर्षको यसै अवधिमा बैंकले ४ करोड ३९ लाख ४२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ५ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी भने २३ प्रतिशतले बढेर ११ करोड १४ लाख ३२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ९ करोड ५ लाख ८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ४५ प्रतिशतले घटेर ४ करोड ९६ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले ९ करोड १५ लाख ८९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS