Connect IPS
IME Life

नेपाल बैंकले संचालनमा ल्यायो एनआरएन निक्षेप खाता, के-के छन् विशेषता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी एनआरएन निक्षेप खाता संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैरआवासीय नेपालीहरुले अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिईने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४ दशमलव ५ प्रतिशत र ५ प्रतिशत दिईनेछ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैरआवासीय नेपालीहरुले एकल तथा संयुक्तरुपमा तथा गैरआवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ ।

यस खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने बैंकले जनाएको छ । ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS