काठमान्डौ । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३ दशमवल ३३ अंकले वृद्धि भएको हो । निरन्तर घटेको बजार आज भने थोरै वृद्धि हुन खोजेको थियो तर पनि अन्तिममा भने बजारमा बिक्री चाप नै देखिएको थियो ।
बजारमा ३ अर्ब ३४ करोडको शेयर कारोवार भएकोमा कारोवार रकम भने निरन्तर घटेको देखिन्छ । अघिल्लो कारोवार दिनको तुलनामा ९६ करोड ९७ लाखको कम शेयर खरिद बिक्री भएको छ।
आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक शेयर कारोवार गरेको छ । ५८ नम्बर ब्रोकरबाट ४७ करोडको शेयर कारोवार भएकोमा २७ करोड ९६ लाखको खरिद र १९ करोड ०३ लाखको बिक्री भएको छ । यसरी ५८ नम्बर ब्रोकरबाट बिक्री भन्दा ८ करोड ९३ लाख धेरै खरिद भएको छ।
५८ पछि ४५ नम्बर ब्रोकरबाट बिक्री धेरै भएको छ । ४५ नम्बर ब्रोकरबाट १५ करोड ६४ लाखको खरिद हुँदा १६ करोड ६८ लाखको बिक्री भएको छ।
तेश्रोमा सर्वाधिक शेयर कारोवार गरेको ३८ नम्बर ब्रोकरबाट १४ करोड बराबरको खरिद हुँदा १२ करोडको बिक्री भएको छ।