काठमाडौं । आज नेप्से ३ दशमलव २९ अंकले बढेर २,७७९ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्था र बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।