Connect IPS
IME Life

नेप्से परिसूचक सामान्य अंकले बढ्दा ३ अर्ब ३४ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो ओरालो लागेको बजार आज ३ दशमलव २९ अंकले बढेर २,७७९ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज ९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ६६ लाख ७५ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २० करोडमाथि शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ३१ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल टेलिकमको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ११ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१७ रुपैयाँ कायम भउको छ । शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्था र बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS