Connect IPS
IME Life

डिप्रोक्स लघुवित्तले कमायो ३३ करोड ४४ लाख मुनाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३ दशमलव २३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३२ करोड ४० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७ दशमलव ७९ प्रतिशतले बढेर ७१ करोड ३० लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाले ६६ करोड १४ लाख ९१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

संस्थाको सञ्चालन मुनाफा बढेर ४७ करोड २९ लाख ९९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ २१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS