काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ४५ अंकले घटेर २,७७६ दशमलव ६१ अंकको विन्दुमा कायम भएको छ । आज ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१२ रुपैयाँ रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्टको ९ करोडमाथिको शेयर कारोबार भएको छ ।