IME Life
GBIME

मेगा बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको आजदेखि ५० हजार ७६६ कित्ता संस्थापक शेयर विक्री खुला भएको छ । बैंकले शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण कुमारी रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता र शंकर कुमार श्रेष्ठको नाममा रहेको ४ हजार ९०८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार गैर संस्थापक शेयरधनीहरुबाट उल्लेखित कित्तामध्ये ४५ हजार ८५८ कित्ता शेयर खरीदका लागि आवेदन प्राप्त भएको छ । यस शेयर खरीदको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिने बैंकले जनाएको छ ।

Crest

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यस शेयर विक्रीको प्रक्रिया अघि बढाईने बैंकले जनाउको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS