Connect IPS
IME Life

खुद व्याज आम्दानी बढेसँगै मिर्मिरे लघुवित्तको नाफा ६१% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६१ दशमलव ८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ र जगेडा कोषमा ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको खुद ब्याज आम्दी र संचालन मुनाफा बृद्धि भएको कारण नाफ बढ्नमा टेवा पुगेको हो ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५८ दशमलव ७० प्रतिशतले बढेर २८ करोड ४५ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १७ करोड ९२ लाख ९० हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१ दशमलव ८७ प्रतिशतले बढेर १९ करोड ३० लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ९२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यस अवधिमा संस्थाको प्रतिशेसेयर आम्दानी ५५ रुपैयाँ ९१ पैसामा रहेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS