काठमाडौं । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १३ सय २२ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज अपि पावर कम्पनीको २२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ८६७ रुपैयाँ शेयर मुल्य कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।