काठमाडौं । माघ महिलो सातामा बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ निक्षेप बाहरिएको छ । कर्जा विस्तार एक अर्बले मात्रै हुँदा निक्षेप संकलन भने १३ अर्ब रुपैयाँले ऋणात्मक छ । माघ ७ गतेसम्मको तथ्याङ्क अनुसार बाणिज्य बैंकहहरुले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जवकी पुस अन्तिम सातामा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो ।
त्यस्तै कर्जा विस्तार माघ पहिलो सातासम्ममा ४१ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ प्रणालीमा निक्षेप नआउदा सिडी रेसियो थप टाइट भएको छ । यस अवधिसम्ममा बैंकहरुको सिडी रेसियो ९०.४३ प्रतिशत पुगेको छ । जवकी ९०.०९ प्रतिशत थियो । माघ महिना लाग्न थाले सँगै बैंकिङ प्रणालीमा पैसा आउन थाल्ने विश्लेषण गरिएको थियो । तर निक्षेप संकलन नै प्रणालीबाट बाहिरिए पछि बैंकहरु थप दवावमा परेका हुन् ।
बैंकहरुले माघमा निक्षेप आउन सक्ने आकलन गर्दै निक्षेपको व्याजदर पनि बढाएका थिएनन् । उनिहरुले अव बैंकिङ प्रणालीमा निक्षेप आउने र तरलता विस्तारै सहज हुने अनुमान गरेका थिए । तर विश्लेषणको ठिक विपरित बैंकिङ प्रणालीबाट निक्षेप बाहिन थालेको छ ।