Connect IPS
IME Life

आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसीको नाफा ६०% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आथिृक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आथिृक वर्षको सोही अवधिमा ६० प्रतिशतले नाफा बढाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर ५ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ ।कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडा कोषमा १५ करोड २८ लाख २९ हजार सञ्चित रहेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरी २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS