काठमाडौं । अब ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले १ हजारसम्मको क्यासब्याक पाउने भएका छन् । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेट यस्तो अफर ल्याएको हो ।
कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको भन्दै खल्तीले लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर ल्याईएको जनाएको छ ।
साथै ५ हजारसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्नेछन् ।