काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशनका अनुमति पाएको हो ।
कम्पनीले आइपीओ निष्काशनका लागि माघ ९ गते अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको । इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो।\