काठमाडौं । एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द भएको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंकको क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको भन्दै प्रस्तावित लाभांश स्वीकृत नगरेको एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने जनाएकोमा राष्ट्र बैंकले स्वीकृत नदिएपछि लाभांश प्रस्ताव रद्द गरेको बैंकले जनाएको छ ।