Connect IPS
IME Life

नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड खुद मुनाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४ दशमलव ९३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ र जगेडा कोषमा १९ अर्ब ८९ करोड ७१ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १ दशमलव ८० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २ करोड ४९ लाख ३० हजार रूपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा २० दशमलव ०८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ६३ करोड ५३ लाख ३६ हजार रूपैयाँ संचालन मुनाफा गरेको छ । गत वर्ष बैंकले २ अर्ब ४ करोड ६२ लाख २२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS