Connect IPS
IME Life

गोर्खाज फाइनान्सको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ दशमलव ८५ प्रतिशतले घटेको छ । गत वर्षको यस अवधिमा ६ करोड ५८ लाख ९१ हजार खुद नाफा गरेको कम्पनीले यस अवधिमा १ करोड ६५ लाख ७० हजार मात्र नाफा गरेको हो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत घटेको छ । गत वर्ष २४ करोड ३३ लाख ६५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस समिक्षा अवधिमा ३ करोड १५ लाख ५९ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Prabhu
Crest

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम ७० करोड ४८ लाख ११ हजार रहेको छ

कम्पनीले यस अवधिसम्ममा ७ अर्ब ३५ करोड ८३ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षभन्दा निक्षेप संकलन ९ दशमलव ८२ प्रतिशतले कमी हो । यस अवधिमा कम्पनीले ५ अर्ब ६५ करोड ३५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS