काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित लाभांश वितरण गर्न शुरु गरेको हो ।
कम्पनीले पुस १४ गतेसम्म कायम शेयरधनीहरुको बैंक खातामै कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनश शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धीत शेयरधनीहरुको बैंक खातामै जम्मा गर्ने कम्पनीले जनाएको छ ।
हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका सदस्यहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।