Connect IPS
IME Life

सिन्धु विकास बैंकले कमायो ३ करोड ५५ लाख रुपैयाँ नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ५५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ३९ लाख नाफा कमाएको थियो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ७ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ९ करोड ३ लाख ६० हजार पुगेको हो ।

त्यसैगरी, कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडामा १२ करोड १० लाख सञ्चित गरेको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  ४ अर्ब ५० करोड ४४ लाख निक्षेप संकलन गरेको छ भने ३ अर्ब ३६ करोड ९३ लाख कर्जा लगानी गरेको हो ।

त्यसैगरी, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३२ दशमलव ३७ गुणा, तरलता अनुपात २१ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS