काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ८३ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले उदय राज खतिवडा, ज्ञानेन्द्र राज पाण्डेर कृष्ण राज पन्तको नाममा रहेका उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको अवधिभित्र यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने संस्थाले जनाएको छ ।