काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा ३० लाख कित्ता हकप्रद शेयर जारी गर्दैछ । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत छ ।
शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि पुस २६ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्शन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ । शेयरधनीहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् ।