Connect IPS
IME Life

आरएमडीसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न छ्टाइएको नगद लाभांश आजबाट वितरण गर्ने भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत नगद लाभांश आज माघ ६ गतेबाट वितरण गर्ने जनाएको हो ।

कम्पनीले उक्त नगद लाभांश आइपिएस मार्फत सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गर्ने जनाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम शेयरधनीको बैंक खातामा रकमान्तरण गरिने हुँदा आफ्नो हितग्राही खातमा बैंक खाता नम्बर अद्यावधिक गरेका शेयरधनीलाई आजबाट पठाउने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले हितग्राही खातामा बैंकको खाता अध्यावधिक नगरेका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरि नेपाल क्लियरिङ्ग हाउसको आइपिएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन भनेको छ ।

त्यस्तै, बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको शेयरधनीहरुको हकमा हितग्राही खातामा बैंकको खाता अध्यावधिक भए पश्चात कमानुसार बैंक खातामा नगद लाभाश क्ष्एक् मार्फत जम्मा गर्ने व्यवस्था मिलाईनेछ जनाएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसारको कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्नु पर्नेछ, भौतिक शेयर कायम भएको शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण पश्चात मात्र लाभांश वितरण हुने हुँदा शेयरहरु अभौतिकीकरण गर्न बाँकी शेयरधनी महानुभावहरुले सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाण्डौ वा सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु वा आफुलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्यकोमा खाता खोली आफ्नो शेयरहरु अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

साथै, यस कम्पनीको शेयर मिति २०७८ पुस १६ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभाश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेसन प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात को चुक्ता भुक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS