Connect IPS
IME Life

धितोपत्र बोर्डले ५ कम्पनीलाई आइपिओ निष्काशन गर्न दियो अनुमति, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विगत ६ महिनादेखि रोकेर राखेको आइपिओ निष्काशन प्रकृयाँलाई हिजोदेखि खुला गरेको छ । बोर्डको अध्यक्षको अभावमा अन्य सञ्चालकहरुले आइपिओ निष्काशनको अनुमति दिने निर्णय गर्न सकेका थिएनन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको कार्यबहाक अध्यक्ष निरज गिरीले जानकारी दिए । बोर्डले बलेफी हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जालपा सामुदायित लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले अनुमति पाएका हुन् ।

Prabhu
Crest

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ, जालपा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँको आइपिओ निष्काशनको अनुमति पाएका हुन् ।

बोर्डकै कर्मचारीहरुले प्राथमिक शेयर निष्काशनको अनुमति दिन नहुने भन्दै सञ्चालकहरुलाई सुझाउदै आइरहेका थिए । नियम अनुसार बोर्डको अध्यक्ष नहुँदा पनि अन्य सञ्चालकहरुले अनुमति दिन पाउने व्यवस्था थियो । तर भोलिका दिनमा फस्न सकिने भन्दै उनिहरुले प्राथमिक शेयर निष्काशनका लागि रोकेर राखेका थिए । यसरी ६ महिना भन्दा धेरै समय प्राथमिक शेयर निष्काशन प्रकृयाँ बन्द गर्दा कम्पनीहरुको पूँजी जुटाउने योजना प्रभावित भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS