Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा २५ प्रतिशतले बढ्यो, यस्तो छ बैंकको प्रगाति विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २५.६६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले ६ महिनाको अवधिमा ४४ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले ३५ करोड २२ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।

बैंकले कर्जा विस्तार ४०४ प्रतिशतले सुधार गर्न सफल भएको छ । यहि अवधिमा बैंकले ८ अर्ब १३ करोड रुपैयाँ लगानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा बैंकको कर्जा लगानी जम्मा एक अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो ।

Prabhu
Crest

बैंकले अझै पनि आफ्नो स्रोत अनुसार लगानी गर्न सकेको छैन । हाल बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा मात्रै १४ अर्ब २१ करोड रुपैयाँ जम्मा गरेर बसेको छ । कर्जा विस्तार सँगै खुद व्याज आम्दानी ४४ प्रतिशतले सुधार भएर ८२ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ ।

मुनाफामा सुधार भए पनि चुक्ता पूँजी बढेका कारण प्रतिशेयर आम्दानी एक रुपैयाँले घटेर ४ रुपैयाँमा सिमित भएको छ । बैंकले प्राथमिक शेयर निष्काशन गरेर १२ अर्बको पूँजीलाई बढाएर २० अर्ब पुर्याएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS