IME Life
GBIME

७ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेका ७ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ । क्यापिटलले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

आवेदकले यी कम्पनीहरुको संस्थापक शेयरमा माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको छ । त्यसकारण सोही सूचनाको आधारमा विद्यमान संस्थापकहरुले बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

Crest

क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ , कुमारी बैंकको १७५ रुपैयाँ , आईसीएफसी फाइनान्सको २५० रुपैयाँ, नेपाल ग्रामीण विकास लघुवित्तको ४ सय रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ३९४ रुपैयाँ र नेपाल इन्स्योरेन्सको ४५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS