काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ । कम्पनीले पुस २९ गते उक्त साधारण सभा आयोजना गरेकोमा कोरम संख्या नपुगेका कारण उक्त सभालाई माघ १६ गते गर्ने जानकारी दिएको छ ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा जानकी फौमली होटल एण्ड पार्टी ब्यालेस मलंगवामा साधारण सभा गर्ने निर्णय गरेको बताएको छ ।
सभाले कम्पनीको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्तावहरु पारित गर्नेछ ।