काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ अंकले बढेर २,९२६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज १६७ वटा कम्पनीको शेयर मल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन डिस्टीलरीका लगानीकर्ताले ८ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंकका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।