काठमाडौं । सिभिल बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले उक्त सभा बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभामा बैंकले सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ /९२/२१/२२० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पारित गरेको छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन मर्जर गर्न वा प्राप्ति गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित भएको छ ।