काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बरारको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले उक्त बराबरको आइपीओ निष्काशनका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ ।