काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर २,८०३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको शेयर कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज हाइड्रोइलेक्ट्रिसिटीको २७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१० रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०० कायम भएको छ ।