Connect IPS
IME Life

नेप्से ३० अंकले घट्दा ८ अर्वमाथिको कारोबार, तीन उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ५१ अंकले घटेर २,८०३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज शेयर बजार बढेको थियो । आज ट्रेडिङ,उत्पादनमुलक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज २२९ वटा कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको शेयर कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हाइड्रोइलेक्ट्रिसिटीको २७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१० रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०० कायम भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मत्तय भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS