काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन भएको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो ।
बैंकलाई राष्ट्र बैंकले कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको त्यसकारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको छ ।
बैंकले यस अघि हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ० दशमलव ३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अब बैंकले लाभांश परिमार्जन गरी ६ प्रतिशत बोनश शेयर र ० दशमलव ३१५७ प्रतिशत नगद लाभांश गरि कुल ६ दशमलव ३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।