काठमाडौं । जानकी फाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।