काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा शाखा स्थापना गरेको छ । बैंकले आफ्नो आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरेको हो ।
बैंकले कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।
हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ र १४८ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।